उत्पत्ति 38:25-26
उत्पत्ति 38:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनलाई त्यहाँ ल्याउँदाल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्?” तब यहूदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरेर भने, “त्यो त मभन्दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्यसका पति हुनलाई दिइनँ।” त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्।
उत्पत्ति 38:25-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्न सक्नुहुन्छ कि?” यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनकी पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।
उत्पत्ति 38:25-26 पवित्र बाइबल (NERV)
यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?” यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।
उत्पत्ति 38:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसलाई लगिरहँदा तामारले ससुरालाई यसो भनी खबर पठाई, “यी चीजहरू जसका हुन्, तिनको बच्चा मेरो पेटमा छ। यी चीजहरू हेर्नुहोस्, हातको छाप लाउने औँठी, डोरी र टेक्ने लट्ठी, यी कसका हुन्?” यहूदाले ती चीजहरू चिने र भने, “त्यसको दोष छैन। मैले पो आफ्नो कर्तव्य गरिनँ। मैले आफ्नो छोरो शेलहसित त्यसको विवाह गरिदिनुपर्थ्यो।” अनि फेरि यहूदा त्योसित कहिल्यै सुतेनन्।