उत्पत्ति 33:1-4
उत्पत्ति 33:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
याकूबले आफ्ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्मामा विभक्त गरिदिए। तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाड़ि, त्यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्ना दाजुको नजिक नपुगुञ्जेल सात चोटि भूइँमा ढोग्दैगए। तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाइँ खाए, र तिनीहरू दुवै खूब रोए।
उत्पत्ति 33:1-4 पवित्र बाइबल (NERV)
याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसँग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा। याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो। याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुन्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो। एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए।
उत्पत्ति 33:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एसाव, आफ्ना चार सय मानिसहरूसँग आउँदै गरेका याकूबले देखे। उनले आफ्ना छोरा-छोरीहरूलाई लेआ, राहेल र दुई दासीहरूका बीचमा बाँडिदिए। उनले दासीहरू र तिनका छोराहरूलाई सबैभन्दा अघि राखे, त्यसपछि लेआ र तिनका छोरा-छोरीहरूलाई राखे र सबैभन्दा पछाडि राहेल र योसेफलाई राखे। तिनीहरू सबैका अघि-अघि याकूब गए र दाजुका छेउमा पुग्दा भूइँ छोएर सातचोटि दण्डवत् गरे। तर एसावले दगुरेर गई याकूबलाई भेटे, उनलाई अँगालो हाले र म्वाइँ खाए। ती दुवै रोइरहेका थिए।