उत्‍पत्ति 32:7-21

उत्‍पत्ति 32:7-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्‍कन सक्‍ला” भनी तिनले सोचे। तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्‍वर, र मेरो बुबा इसहाकका परमेश्‍वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्‍बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्‍नुभएको थियो। तपाईंले आफ्‍नो दासलाई जत्ति करुणा र विश्‍वासयोग्‍यता देखाउनुभएको छ त्‍यसको म कत्ति पनि योग्‍य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्‌। म बिन्‍ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्‍छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्‍मैलाई आक्रमण गर्लान्‌। तर तपाईंले भन्‍नुभएको छ, ‘साँच्‍ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्‍तानहरू समुद्रका बालुवासरह तुल्‍याउनेछु, जो गन्‍न सकिने छैन’।” तिनी त्‍यस रात त्‍यहीँ वास बसे, र आफूसँग भएको सम्‍पत्तिबाट तिनले दाजु एसावको निम्‍ति सौगात छुट्ट्याए: अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा, तीस दुहुना ऊँट र तिनका बच्‍चा, चालीस गाई र दश साँढ़े, बीस गधैनी र दश गधा। यी सबैका लागि तिनले बथान गरी आफ्‍ना कमारीहरूलाई जिम्‍मा लगाए, र तिनीहरूलाई भने, “मभन्‍दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।” तिनले सबैभन्‍दा अगिल्‍लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्‌?’ भनेर सोध्‍नुभयो भने, तैंले यसो भन्‍नू: ‘ती त तपाईंका दास याकूबका हुन्‌। यी जम्‍मै मेरा प्रभु एसावको निम्‍ति सौगातको रूपमा पठाएका हुन्‌। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्‌’।” तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्‍ने जम्‍मैलाई आज्ञा दिए: “एसावलाई भेट्‌दा तिमीहरूले उही किसिमले भन्‍नू। विशेष गरी तिमीहरूले यसो भन्‍नू, ‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रा पछिपछि आउँदैछन्‌’।” किनभने तिनले यस्‍तो विचार गरे, “मेरो अगिअगि गएको सौगातले म उनको रीस साम्‍य गर्न सक्‍छु होला। त्‍यसपछि म उनको सामु पर्दा शायद उनले मलाई ग्रहण गर्नेछन्‌।” यसैकारण ती सौगात तिनीभन्‍दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्‍यस रात आफ्‍नै पालमा बसी बिताए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्

उत्‍पत्ति 32:7-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे। तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।” त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्‍नति गराउनेछु’ भन्‍नुभयो; तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्‍वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्। म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्‍ने मलाई डर लागेको छ। तर तपाईंले भन्‍नुभएको छ, ‘निश्‍चय नै म तेरो उन्‍नति गर्नेछु र तेरा सन्ततिलाई समुद्रको बालुवाझैँ बनाउनेछु, जो गन्‍न सकिनेछैन।’ ” तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए: अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा, तीस वटा दुहुना ऊँट साथमा तिनीहरूका बच्‍चा, चालीस वटा गाई, दश वटा बाछा, बीस वटा गधैनी र दश वटा गधा। तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।” तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने, तैँले यसो भन्‍नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ” अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्‍नू। अनि ‘तपाईंका सेवक याकोब हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ भनेर अवश्य भन्‍नू।’ ” किनकि तिनले सोचेका थिए, “म यी उपहारहरू अगि-अगि पठाएर तिनलाई शान्त तुल्याउनेछु; अनि मैले पछिबाट तिनलाई भेट्दा सायद तिनले मलाई ग्रहण गर्लान्।” यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्

उत्‍पत्ति 32:7-21 पवित्र बाइबल (NERV)

त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुइ भागमा बाँड्यो। उनले गाई-वस्तु, भेंडा बाख्राहरू र ऊँटहरू दुइ भाग पार्यो। याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।” याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ। तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु। म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउँनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ। तर तपाईं आफैंले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउँने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।’” अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो। याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेंडा, बीसवटा ठूलो भेंडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्‌यायो। याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्‌याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।” याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’ तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।’” याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु। तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।’” याकूबले सोच्यो, “यदि यी उपहारहरूसँगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।” यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्

उत्‍पत्ति 32:7-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

याकूब डराए अनि चिन्‍तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे। उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्‍न सक्‍ला। त्‍यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, मेरो बिन्‍ती सुन्‍नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्‍ना कुटुम्‍बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्‍नुभएको थियो। म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्‍वासयोग्‍यताको योग्‍य म छैनँ। खालि एउटा हातमा टेक्‍ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु। म बिन्‍ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ। तपाईंले मसित प्रतिज्ञा गर्नुभएको थियो कि सबै कुरा तपाईंले ठीक गरिदिनुहुनेछ अनि मलाई समुद्रको किनारमा भएको बालुवाका कणसरि कसैले गन्‍न नसक्‍ने गरी सन्‍तान दिनुहुनेछ। त्‍यो करार याद गर्नुहोस्।” त्‍यो रात याकूबले त्‍यहीँ काटे। त्‍यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्‍चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू। उनले तिनीहरूका अलग-अलग बथान बनाए र एक-एक वटा चाकरलाई बथान-बथानको जिम्‍मा दिए। उनले तिनीहरूलाई भने, “बथानको बीच-बीचमा खाली ठाउँ छोडेर राख। बथानहरू लिएर मेरा अघि-अघि तिमीहरू जाओ।” तिनले सबैभन्दा अघिल्‍लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अघि-अघि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्‍नुभयो भने तैँले जवाफमा यसो भन्‍नू, ‘यी तपाईंका दास याकूबका हुन्। उनले यी आफ्‍ना स्‍वामी एसावलाई सौगात पठाउनुभएको हो। याकूब पछि आउँदै छन्’।” उनले त्‍यस्‍तै आज्ञा दोस्रो, तेस्रो र त्‍यसपछिको बथान लिई जाने चाकरहरूलाई दिए, “तिमीहरूले एसावलाई भेट्दा यसो भन्‍नू, ‘हजुर, तपाईंको दास याकूब पछिपछि आउँदै छन्’।” याकूबले सोच्‍दै थिए कि यो सौगातले म उनको मन जित्‍नेछु र मसँग भेट हुँदा सायद उनले मलाई माफ देलान्। यी सौगातहरू उनले अघि-अघि पठाए र आफू राती त्‍यहाँ पालमा बसे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्