उत्पत्ति 32:23-25
उत्पत्ति 32:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो।
उत्पत्ति 32:23-25 पवित्र बाइबल (NERV)
उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो। याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो। त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससँग कुश्ती लड़दै थियो।
उत्पत्ति 32:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरू पार भएपछि उनले आफ्ना चीजबीजहरू पनि पार गराए। उनी आफैंचाहिँ एक्लै त्यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्म उनीसित कुस्ती लडे। त्यस मानिसले आफूले जित्न नसकेको देखेर याकूबको कम्मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्काइदिए।