उत्पत्ति 3:22-24
उत्पत्ति 3:22-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला।” यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।
उत्पत्ति 3:22-24 पवित्र बाइबल (NERV)
परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।” परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।
उत्पत्ति 3:22-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “अब मानिस हामीजस्तै भएको छ र उसले असल र खराबको ज्ञान पाएको छ। उसले जीवनको रूखको फल खाएर सधैँभरि बाँचिरहन पाउनुहुँदैन।” यसैले परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्यही माटोमा खेती गर्न लाउनुभयो। तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्न नसकोस् भनी त्यसो गरिएको थियो।