उत्पत्ति 3:14-15
उत्पत्ति 3:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा तँ हिँड्नेछस् र तेरो जीवनभरि तैंले माटो खानेछस्। तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”

उत्पत्ति 3:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याहवेह परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले मात्र श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्। अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।”
उत्पत्ति 3:14-15 पवित्र बाइबल (NERV)
तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरू गाई-वस्तु र अरू सबै जङ्गली पशुहरूलाईभन्दा अझै ज्यादा श्राप दिनेछु। तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्। म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”
उत्पत्ति 3:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयो, “यसको लागि तैँले दण्ड पाउनेछस् र सबै पशुहरूमध्ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्नेछस् र जीवनभरि माटो खानेछस्। म तँलाई र स्त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्यसको सन्तानले तेरो टाउको कुच्च्याउनेछ र तैँले त्यसको सन्तानको कुर्कुच्चा ठुँग्नेछस्।”