YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 28:12-15

उत्‍पत्ति 28:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनले यस्‍तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्‍याङ रहेछ, र त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दारहेछन्‌। परमप्रभु त्‍यसमाथि उभिनुभयो, र याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ। जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु। तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌। पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्‌। तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्‌। हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:12-15 पवित्र बाइबल (NERV)

याकूबले सपना देखे। एउटा सिंढ़ी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंढ़ीमा तल र माथि गरिरहेको देखे। याकूबले स्वर्गदूतहरूलाई यस सिंढ़ी चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु। तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्। “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोड्ने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उनले एउटा सपना देखे। सपनामा उनले पृथ्‍वीदेखि स्‍वर्गसम्‍म पुगेको एउटा भर्‍याङ देखे। भर्‍याङमा स्‍वर्गदूतहरू उक्‍लँदै-ओर्लंदै गरिरहेका थिए। त्‍यहाँ उनको छेउमा परमप्रभु उभिरहनुभएको रहेछ। उहाँले भन्‍नुभयो, “म परमप्रभु अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ सुतिरहेको यो ठाउँ तँ र तेरा सन्‍तानलाई म दिनेछु। तिनीहरूका सङ्‍ख्‍या पृथ्‍वीमा भएका बालुवाका कणका सङ्‍ख्‍या जतिकै हुनेछन्। तिनीहरूले चारैतिर आफ्‍नो देश फैलाउनेछन्। तँ र तेरा वंशद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु। म तँसित रहनेछु, जहाँ गए पनि तँलाई म रक्षा गर्नेछु र यस देशमा म तँलाई फर्काइल्‍याउनेछु भनी याद राख्। तँसित प्रतिज्ञा गरेका सबै कुरा पूरा नभइञ्‍जेल म तँलाई छोड्‍नेछैनँ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्