उत्पत्ति 22:1-2
उत्पत्ति 22:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।” उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।”
उत्पत्ति 22:1-2 पवित्र बाइबल (NERV)
ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!” अनि अब्राहामले भने, “हजुर!” तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
उत्पत्ति 22:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच्नुभयो र “हे अब्राहाम” भनी बोलाउनुभयो। अब्राहामले उत्तरमा भने, “हजुर, म यहाँ छु।” परमेश्वरले भन्नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्यसलाई लिएर मोरीयाह देशमा जा। त्यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्यस डाँडामा तैँले त्यसलाई मेरो लागि होमबलि गर्।”