उत्पत्ति 2:5-7
उत्पत्ति 2:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भूमिमा एउटै पनि वनस्पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। तर पृथ्वीबाट खोलाहरू निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे। तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।
उत्पत्ति 2:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब याहवेह परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन। तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो। याहवेह परमेश्वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
उत्पत्ति 2:5-7 पवित्र बाइबल (NERV)
पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन। पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
उत्पत्ति 2:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको बेलामा पृथ्वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्यतिञ्जेलसम्म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्ने कोही मानिस थिएन, तर भूइँमुनिबाट पानी उम्रेर आई जमिन भिजाउँथ्यो। तब परमप्रभु परमेश्वरले जमिनबाट माटो लिनुभयो र त्यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो।