उत्पत्ति 2:21-23
उत्पत्ति 2:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्येको एउटा निकाल्नुभई त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो। मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।”
उत्पत्ति 2:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याहवेह परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो। अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो। अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”

उत्पत्ति 2:21-23 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो। तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”
उत्पत्ति 2:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्नुभयो र त्यसमा मासु भरिदिनुभयो। त्यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्याउनुभयो। तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।”