उत्पत्ति 18:1-2
उत्पत्ति 18:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत् गरे।
उत्पत्ति 18:1-2 पवित्र बाइबल (NERV)
पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए। अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।
उत्पत्ति 18:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मम्रेको पवित्र रूखछेउमा परमप्रभुले अब्राहामलाई दर्शन दिनुभयो। अब्राहाम दिउँसोको चौपट्ट गर्मीमा आफ्ना पालको ढोकानिर बसिरहेका थिए। उनले आँखा उचालेर हेरे र तीन जना मान्छेहरू उभिरहेका देखे। तिनीहरूलाई देख्नेबित्तिकै उनी दगुरेर तिनीहरूलाई भेट्न गए। निहुरेर निधारले भूइँ छोएर