YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 17:6-11

उत्‍पत्ति 17:6-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌। तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु। तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।” अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्‍तानहरूले तिनका पुस्‍तौँसम्‍म। मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुषको खतना हुनुपर्छ। तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ।

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्

उत्‍पत्ति 17:6-11 पवित्र बाइबल (NERV)

म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्। म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार सधैँको निम्ति रही रहनेछ। अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि सधैँका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।” अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिं करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्। तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ। तेरो र मेरो बिचमा भएको करार तैंले पालन गरेको देखाउनका लागी छाला काट्नेछस्।

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्

उत्‍पत्ति 17:6-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म तँलाई धेरै सन्‍तान दिनेछु, तीमध्‍ये कतिजना राजा हुनेछन्। तेरा यति धेरै सन्‍तानहरू हुनेछन् कि तीबाट धेरै जातिहरू बनिनेछन्। “मैले तँसित, तेरा सन्‍तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्‍नेछु। म तँ र तेरा सन्‍तानका परमेश्‍वर हुनेछु। म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्‍तानको हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।” परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तँ, तेरा सन्‍तान र आउँदा वंशहरूले पनि यो करार मसँग राख्‍न राजी हुनुपर्नेछ। तँ तेरा सन्‍तान र आफ्‍ना बीचमा भएका हरेक पुरुषको खतना गर्न राजी हुनुपर्नेछ। अबउसो जन्‍मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्‍मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्‍मेका पनि त्‍यसरी नै खतना गरिनुपर्नेछ। त्‍यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ।

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्