उत्पत्ति 17:17-19
उत्पत्ति 17:17-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?” अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्मा बाँचिरहे त हुन्छ।” तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु।
उत्पत्ति 17:17-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्चा जन्माउलिन् र?” अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल तपाईंको आशिष्मुनि बाँच्छ भने पनि असल हुनेछ।” तब परमेश्वरले भन्नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।
उत्पत्ति 17:17-19 पवित्र बाइबल (NERV)
परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।” तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।” परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।”
उत्पत्ति 17:17-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्न सक्छ र? नब्बे वर्षकी साराले छोरा-छोरी जन्माउन सक्ली र?” उनले परमेश्वरलाई प्रश्न गरे, “किन? इश्माएलले नै मपछि छोराले पाउने अधिकार पाओस् न?” तर परमेश्वरले भन्नुभयो, “अँहँ, हुँदैन, तेरी स्वास्नी साराले एउटा छोरो जन्माउनेछे, त्यसको नाम तैँले इसहाक राख्नेछस्। म त्योसित र त्यसका सन्तानसित सदाकालको निम्ति आफ्नो करार राख्नेछु। यो करार सदासर्वदाको लागि हो।