उत्‍पत्ति 10:6-20

उत्‍पत्ति 10:6-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान। कूशका छोराहरू: सेबा, हवीला, सब्‍ता, रामाह, र सब्‍तका। रामाहका छोराहरू: शेबा र ददान। कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए। यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्‍तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्‍ने आहान चलेको छ। उनको राज्यको सुरु बाबेल, एरेक, अक्‍कद र कल्‍नेहबाट भयो, जुन शिनार देशमा छन्‌। त्‍यही देशबाट उनी अश्‍शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू, अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान्‌ सहर हो। मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्‍तूही पत्रुसी, कस्‍लूही (जसबाट पलिश्‍तीहरू निस्‍के) र कप्‍तोरीहरूका पुर्खा थिए। कनान आफ्‍ना जेठा छोरा सीदोन र हेतका पिता भए। कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिव्‍वी, अरकी, सिनी, अर्वादी, सेमारी र हमातीहरू उत्‍पन्‍न भए। त्‍यसपछि कनानका वंशहरू जताततै फिँजिए। कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्‍म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्‍म थियो। हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्‌।

शेयर गर्नुहोस्
उत्‍पत्ति 10 पढ्नुहोस्

उत्‍पत्ति 10:6-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान। कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान। कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।” तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्। त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए। इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू, पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू। कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिव्वी, अरकी, सिनी, अर्वादी, सेमारी र हमातीहरूका पिता थिए। पछि कनानीहरूका कुलहरू फैलिए, अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो। तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।

शेयर गर्नुहोस्
उत्‍पत्ति 10 पढ्नुहोस्

उत्‍पत्ति 10:6-20 पवित्र बाइबल (NERV)

हामका छोराहरू थिए: कूश, मिश्र, पूत र कनान। कूशका छोहरू थिए: सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरू थिए: शबा र ददान। निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए। परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।” शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो। यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरू बनाए। कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरू मध्ये कालह सबै भन्दा ठूलो थियो। मिश्र, लूद, अनाम, लहाब, नप्तूह, पत्रुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिश्ती मानिसहरू कसलूका सन्तान थिए।) कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए। कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिब्बा, अर्कोत र सिनीत मानिसहरू, अर्वादी, समारी र हमाती मानिसहरू उत्पन्न भए। यसरी कनानका सन्तानहरू संसारका जताततै फिंजिए। कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो। ती सब मानिसहरू हामका सन्तान थिए र ती सबै मानिसहरूको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरूको एउटा अलगै राज्य थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 10 पढ्नुहोस्

उत्‍पत्ति 10:6-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान हुन्। ती आ-आफ्‍ना नामअनुसारका जातिहरूका पुर्खा भए। कूशका सन्‍तान सेबा, हवीला, सब्‍ता, रामाह र सब्‍तका मानिसहरू भए। रामाहका सन्‍तान शेबा र ददानका मानिसहरू भए। कूशको निम्रोद नाउँ गरेका छोरा थिए, यिनी संसारमा देश विजय गर्ने पहिला ठूला मानिस भए। परमप्रभुका कृपाले यिनी ठूला शिकारी पनि थिए। त्‍यसैले मानिसहरू यसो भन्‍छन्, “परमप्रभुले तिमीलाई निम्रोदझैँ ठूला शिकारी बनाऊन्।” सुरुमा उनका राज्‍यमा बेबिलोनिया, एरेक, अक्‍कद पर्थे, यी तीनैवटा बेबिलोनिया देशमा पर्थे। त्‍यस देशबाट उनी अश्‍शूर देशमा गए र त्‍यहाँ निनवे, रहोबोत-इर र कालह र रेसेन सहरहरू बसाले। रेसेन निनवे र ठूलो सहर कालहका बीचमा छ। मिश्रइमका सन्‍तान लूदी, अनामी, लहाबी, नप्‍तूही, पत्रुसी, कस्‍लूही र कप्‍तोरीका मानिसहरू भए। कप्‍तोरबाट पलिश्‍तीहरू जन्‍मिए। कनानका छोराहरू जेठा सीदोन र अर्का हित्तीहरू हुन्। ती आ-आफ्‍ना नामअनुसारका जातिहरूका पुर्खा भए। कनानचाहिँ यबूसी, एमोरी, गिर्गाशीहरूका पनि पुर्खा भए। हिव्‍वी, अरकी, सिनी, अर्वादी, समारी र हमातीहरूको भिन्‍न-भिन्‍न कनानी कुलहरू चारैतिर फैलिएर गए र कनान देशका सिमाना सीदोनदेखि दक्षिणका गाजाछेउको गरारसम्‍म पूर्वमा सदोम, गमोरा, अदमा र लाशाका छेउमा सबोयीमसम्‍म पुग्‍यो। भिन्‍न-भिन्‍न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्‍ना भाषा बोल्‍ने हामका सन्‍तानहरू यिनै हुन्।

शेयर गर्नुहोस्
उत्‍पत्ति 10 पढ्नुहोस्