YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:14-18

उत्‍पत्ति 1:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌। र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई, दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्

उत्‍पत्ति 1:14-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्। अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो। परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो। परमेश्‍वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन; अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्

उत्‍पत्ति 1:14-18 पवित्र बाइबल (NERV)

तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्‌याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो। यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो। पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुन्जहरू परमेश्वरले आकाशमा राख्नु भयो। यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्

उत्‍पत्ति 1:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्‍योतिहरू देखा परून्। पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्‍यस्‍तै भइहाल्‍यो। परमेश्‍वरले दिउँसो राज्‍य गर्न घाम र राती राज्‍य गर्न जून, दुईवटा ठूल्‍ठूला ज्‍योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। उहाँले ती ज्‍योतिहरूलाई पृथ्‍वीमाथि चम्‍कन, दिन र रातमाथि राज्‍य गर्न र उज्‍यालो र अँध्‍यारोलाई छुट्ट्याउन आकाशमा राख्‍नुभयो। अनि त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्