गलाती 1:21-24
गलाती 1:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ। त्यतिञ्जेल यहूदियाका ख्रीष्टका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्। तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो, अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ।” तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए।
गलाती 1:21-24 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ। ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्। उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्ट गर्न खोजेको विश्वासलाई प्रचार गरिरहेको छ।” अनि तिनीहरूले मेरो कारण परमेश्वरलाई प्रशंसा दिए।
गलाती 1:21-24 पवित्र बाइबल (NERV)
तब म सिरिया र सिलिसिया गएँ। यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्। मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।” यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
गलाती 1:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पछि म सिरिया र किलिकियाका गाउँहरूमा गएँ। त्यस बेलासम्म यहूदिया मण्डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्। मेरो बारेमा यस्तो सुनेका मात्र थिए, “हामीलाई खेदो गर्ने मानिसले अचेल आफैंले मास्न खोजेको विश्वास नै प्रचार गर्दै छ रे” यसरी उनीहरूले म बदलिएकोमा परमेश्वरको प्रशंसा गरे।