गलाती 1:15-16
गलाती 1:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई, जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ
गलाती 1:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ
गलाती 1:15-16 पवित्र बाइबल (NERV)
तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ।
गलाती 1:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमेश्वरले आफ्नो खुसीले म जन्मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ।