गलाती 1:13-16
गलाती 1:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें। हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ। तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई, जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ
गलाती 1:13-16 नेपाली समकालीन संस्करण (NCV)
किनकि यहूदी धर्ममा हुँदाको मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले कति भयानकरूपमा परमेश्वरको मण्डलीलाई सताएँ र नष्ट पार्न खोजेको थिएँ। मेरा समकालीन दौंतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ र मेरा पितापुर्खाका परम्पराहरूको निम्ति ज्यादै जोशिलो थिएँ। तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गर्नुहुने परमेश्वरले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, उहाँले आफ्नो पुत्र ममा प्रकट गराउन खुशी मान्नुभयो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ
गलाती 1:13-16 पवित्र बाइबल (NERV)
मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं। म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं। तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ।
गलाती 1:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म इस्राएली धर्मको भक्त हुँदा मेरो चालचलन तिमीहरूलाई थाहा भएकै हो। त्यस बेला कसरी मैले दया नै नराखी परमेश्वरको मण्डलीलाई सताएँ अनि सकेसम्म यसलाई नाश गरें। म त्यसबेला इस्राएली धर्म मान्नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्दथें। तर परमेश्वरले आफ्नो खुसीले म जन्मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ।