एज्रा 7:27-28
एज्रा 7:27-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वरको प्रशंसा होस्, जसले यसरी यरूशलेममा भएको परमेश्वरका भवनको महिमा बढ़ाउन राजाको मनमा यो विचार हालिदिनुभयो, अनि राजा, उनका सल्लाहकारहरू र उनका सबै उच्च पदाधिकारीहरूका सामुन्ने मप्रति आफ्नो कृपा-दृष्टि प्रकट गर्नुभयो। यसैले परमप्रभु मेरा परमेश्वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें, र मसँग जान इस्राएलका मुख्य-मुख्य मानिसहरूलाई मैले भेला गरें।
एज्रा 7:27-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा पितापुर्खाहरूका परमेश्वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो। अनि उहाँले राजा, उनका सल्लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ।
एज्रा 7:27-28 पवित्र बाइबल (NERV)
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर! उहाँले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए। अनि उहाँले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उहाँको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि मसँग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरें।
एज्रा 7:27-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एज्राले भने, “परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्वरको प्रशंसा गर! यस प्रकारले उहाँले महाराजालाई यरूशलेमको आफ्नो मन्दिरलाई आदर दिन राजी गराउनुभयो। परमेश्वरको अनुग्रहले मैले महाराजा, उनका सल्लाहकार र सबै शक्तिमान् भारदारहरूको कृपा-दृष्टि पाएको छु। परमप्रभु मेरा परमेश्वरले मलाई साहस दिनुभएको छ र मैले इस्राएलका धेरै गोत्रका प्रधानहरूलाई मसित इस्राएलमा फर्किआउन राजी गराउन सकें।”