एज्रा 4:23-24
एज्रा 4:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजा अर्तासास्तको पत्रको विषयमा सेनापति रेहूम, सचिव शिम्शै र उनीहरूका सहयोगीहरूका सामुन्ने पढ़िसक्ने बित्तिकै उनीहरू यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ काम रोक्न लगाए। यसरी यरूशलेममा परमप्रभुका भवनको काम रोकियो। फारसका राजा दाराको राजत्वकालको दोस्रो वर्षसम्मै त्यो काम रोकियो।
एज्रा 4:23-24 पवित्र बाइबल (NERV)
रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए। तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो बर्ष नभए सम्म शुरू भएन।
एज्रा 4:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
महाराजा अर्तासास्तको त्यो चिठी रेहूम, शिम्शै र उनका सहकर्मीहरूलाई पढी सुनाइने बित्तिकै तिनीहरू हतारहतार यरूशलेममा गए र यहूदीहरूलाई फेरि सहर निर्माण गर्ने काममा रोक लगाए। फारसका महाराजा दाराका राज्यकालको दोस्रो वर्षसम्म मन्दिर बनाउने काम सम्पूर्णरूपले रोकियो।