एज्रा 10:1-3
एज्रा 10:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए। तब एलामका परिवारका एक जना यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरुद्धमा अपराध गरेका छौं। तर यसो भए तापनि इस्राएलको निम्ति अझै केही आशा छ। यसकारण मेरा प्रभुको र हाम्रा परमेश्वरका आज्ञादेखि डराउनेहरूको सल्लाहअनुसार अब यी सबै स्त्रीहरू र तिनीहरूका छोराछोरी सबैलाई त्यागिदिने हामी आफै हाम्रा परमेश्वरसित बाचा बाँधौं। र व्यवस्थाले दिएबमोजिम काम गरौं।
एज्रा 10:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब एज्रा परमेश्वरको भवन अगिल्तिर भुइँमा लम्पसार परेर रुँदै पाप स्वीकार गर्दै प्रार्थना गर्दैथिए, तब इस्राएलीहरूको एउटा विशाल भीड—पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू, तिनको वरिपरि भेला भए। तिनीहरू सबै धुरुधुरु रोए। त्यसपछि एलामको घरानाबाट यहीएलको छोरा शकन्याहले एज्रालाई भने, “हामीले हाम्रा वरिपरिका मानिसहरूबाट विदेशी स्त्रीहरूलाई विवाह गरेर हाम्रा परमेश्वरप्रति विश्वासघात गरेका छौँ। तर यस्तो पाप गरेको भए तापनि इस्राएलको निम्ति अझै आशा छ। अब हाम्रा परमेश्वरको आज्ञाको डर मान्नेहरू र मेरा प्रभुको सल्लाहबमोजिम यी सबै कनानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई यहाँबाट टाढा पठाउन हामी हाम्रा परमेश्वरको अगि एउटा वाचा बाँधौँ। अनि योचाहिँ व्यवस्थाबमोजिम गरियोस्।
एज्रा 10:1-3 पवित्र बाइबल (NERV)
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए। शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौं। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर। अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौं।
एज्रा 10:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एज्रा मन्दिरको सामुन्ने शिर निहुराएर प्रार्थना गर्दै, रुँदै तिनीहरूले गरेका पाप स्वीकार गरिरहेका थिए। इस्राएली पुरुष, स्त्री र केटा-केटीहरूको एउटा ठूलो भीड तिनका चारैपट्टि भेला भयो। भीडका मानिसहरू पनि दु:ख मान्दै रोइरहेका थिए। त्यसपछि एलाम गोत्री यहीएलको छोरो शकन्याहले एज्रालाई भने, “विदेशी आइमाईहरू विवाह गरेर हामीले परमेश्वरसितको विश्वास भङ्ग गर्यौं, तरै पनि अझै इस्राएलको निम्ति आशा छ। यी आइमाई र बालकहरूलाई हामी टाढा पठाउनेछौं भनी हामीले आफ्ना परमेश्वरसित गम्भीर प्रतिज्ञा गर्नुपर्छ। तपाईं र परमेश्वरको आज्ञा मान्ने मानिसहरूले हामीलाई जे सल्लाह दिनुहुन्छ, त्यही हामी गर्नेछौं। परमेश्वरको व्यवस्थाले जे भन्छ, त्यही हामी गर्नेछौं।