इजकिएल 37:3-5
इजकिएल 37:3-5 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?” मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।” परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ।
इजकिएल 37:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्छन्?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त केवल तपाईंले मात्र जान्नुहुन्छ।” तब उहाँले मलाई भन्नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।
इजकिएल 37:3-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” मैले भनेँ, “हे प्रभु याहवेह, त्यो त हजुरले मात्र जान्नुहुन्छ।” तब उहाँले मलाई भन्नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।
इजकिएल 37:3-5 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?” मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।” परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ।
इजकिएल 37:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के यी हाडहरू फेरि जीवित हुन सक्लान्?” मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, त्यो त तपाईं मात्र जान्नुहुन्छ!” उहाँले मलाई भन्नुभयो, “यी हाडहरूलाई अगमवाणी बोल्। यी सुखा हाडहरूलाई परमप्रभुको वचन सुन्न भन्। तिनीहरूलाई म सार्वभौम परमप्रभुको यस्तो वचन छ भनी बताइदे– म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु।