इजकिएल 37:12-14
इजकिएल 37:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्याउनेछु। तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ। म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा बसाल्नेछु। तब तिमीहरूले यो जान्नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्नुहुन्छ’।”
इजकिएल 37:12-14 पवित्र बाइबल (NERV)
यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।’” परमप्रभुले यसो भन्नु भएको भयो।
इजकिएल 37:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण मेरा प्रजा इस्राएललाई अगमवाणी गरेर भन् कि म सार्वभौम परमप्रभुले तिनीहरूका चिहानहरू खोलिदिनेछु र तिनीहरूलाई त्यहाँबाट निकालेर इस्राएल देशमा नै ल्याउनेछु। जब मेरा प्रजाहरू गाडिएका चिहानहरूबाट तिनीहरूलाई निकाल्नेछु, तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्नेछन्। मेरो सास तिनीहरूमा फुकेर जीवित बनाउनेछु र तिनीहरूलाई आफ्नै देशमा बसोबास गर्न दिनेछु। तब तिनीहरूले जान्नेछन् कि म परमप्रभु नै बोलेको छु। मैले गर्छु भनी दिएको वचन पूरा गरेको छु।”