इजकिएल 27:33-34
इजकिएल 27:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब समुद्रमा तेरा व्यापारका मालसामानहरू जान्थे, तब तैंले धेरै जातिहरूलाई सन्तुष्ट गराइस्, तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालहरूले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस्। अब पानीको गहिराइमा समुद्रले नै तँलाई ध्वंस गरेको छ। तेरा व्यापारका मालहरू र तेरा सबै दल तँसँगसँगै डुबेका छन्।

इजकिएल 27:33-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्। अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्ट भएका छन्।
इजकिएल 27:33-34 पवित्र बाइबल (NERV)
तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति, अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ, तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं! तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयौ। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!
इजकिएल 27:33-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब समुद्रपार तेरा व्यापारका माल-सामानहरू जान्थे, तब तैँले हरेक जातिलाई सन्तुष्ट गराउँथिस्, तेरा धन-सम्पत्ति र माल-सामानहरूले राजाहरू धनी भए। अब तँ समुद्रबीच विनाश भएको छस्, महासमुद्रमुनि डुबेको छस्। तेरा व्यापारका सामानहरू र काम गर्ने सबै मानिसहरू समुद्रभित्र तँसँगै लोप भएका छन्।’