इजकिएल 27:30-31
इजकिएल 27:30-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो लागि तिनीहरू उच्च सोरले कराएर धुरुधुरु रुनेछन्। तिनीहरूले आफ्ना टाउकोमा धूलो छर्नेछन्, र खरानीमा लड़ीबड़ी गर्नेछन्। तेरो कारण तिनीहरूले आफ्नो कपाल मुण्डन गर्नेछन्, र तिनीहरूले भाङ्ग्रा लाउनेछन्, र तेरो निम्ति हृदयमा पीर लिएर साह्रै शोक गरी रुनेछन्।
शेयर गर्नुहोस्
इजकिएल 27 पढ्नुहोस्इजकिएल 27:30-31 पवित्र बाइबल (NERV)
ऊ तिम्रो विषयमा धेरै दु:खी हुन्छ! ऊ धुरू-धुरू रूनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ। उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ। उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछ, ऊ चिच्याउँछ र आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।
शेयर गर्नुहोस्
इजकिएल 27 पढ्नुहोस्इजकिएल 27:30-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरू सबै तेरो लागि विलाप गरेर धुरुधुरु रुन्छन्, तिनीहरूले आफ्नो टाउकोमा धूलो छर्छन् र खरानीमा लडीबडी गर्छन्। तेरो लागि तिनीहरूले आफ्नो कपाल खौरन्छन्। भाङ्ग्राका लुगा लाउँछन्। मनमा पीर लिएर तिनीहरू धुरुधुरु रुन्छन्।
शेयर गर्नुहोस्
इजकिएल 27 पढ्नुहोस्