YouVersion लोगो
खोज आइकन

इजकिएल 18:5-9

इजकिएल 18:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मानौं, एक जना मानिस धर्मी छ, जो न्‍यायसङ्गत र ठीक काम गर्छ। त्‍यसले डाँड़ाका देवता-थानमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन। त्‍यसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, अथवा रजस्‍वलाको समयमा कुनै स्‍त्रीसँग सुत्‍दैन। त्‍यसले कसैलाई थिचोमिचो गर्दैन, तर कर्जाको बन्‍धक फर्काइदिन्‍छ। त्‍यसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराइदिन्‍छ। त्‍यसले ब्‍याजमा रुपियाँ दिँदैन, कुकर्म गर्नबाट आफ्‍नो हात परै राख्‍छ, मानिस-मानिसको बीचमा सत्‍यसित न्‍याय गर्छ। त्‍यसले मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू पालन गर्छ। त्‍यही मानिस धर्मात्‍मा हो। त्‍यो निश्‍चय नै बाँच्‍नेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्

इजकिएल 18:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“मानिलिऊँ एक जना धर्मी, इमानदार र असल मानिस छ। त्‍यसले इस्राएलीहरूका देवताहरू पुज्‍दैन र मनाही गरेका पूजा-स्‍थलमा चढाएको प्रसाद खाँदैन, अर्काकी स्‍वास्‍नी भ्रष्‍ट पार्दैन वा मासिक धर्म भएकी स्‍त्रीकहाँ जाँदैन। त्‍यसले कसैको अत्‍याचार गर्दैन र लुट्दैन। त्‍योसित बन्‍धकी राखेर सापटी लिएको कुरा त्‍यसले फर्काइदिनेछ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्‍छ। त्‍यसले ब्‍याजमा ऋण दिंदैन। त्‍यसले खराबी गर्न इन्‍कार गर्छ र मुद्दामा उचित फैसला दिन्‍छ। त्‍यस्‍तो मानिसले मेरो आज्ञा मान्‍दछ र मेरा नियमहरू होशियारसाथ पालन गर्दछ। त्‍यो धर्मी हो र त्‍यो निश्‍चय बाँच्‍नेछ।” सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्

इजकिएल 18:5-9 पवित्र बाइबल (NERV)

“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ। त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन। असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ। यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। ऊ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्। ऊ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि ऊ राम्रो मानिस हो, यसकारण ऊ जीवित रहन्छ।

शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्