YouVersion लोगो
खोज आइकन

इजकिएल 11:1-20

इजकिएल 11:1-20 पवित्र बाइबल (NERV)

तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो, जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए। त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्। तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौं।’ तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।” तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ। तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ। अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्। तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।’” परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ। परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु। तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ। हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु! त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।” मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडें। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?” तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो, “मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोड्नलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।’ “यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँच्चो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ। यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु। अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्। म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नयाँ आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँच्चो हृदय भरिदिनेछु। तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।’”

शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्

इजकिएल 11:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ। याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्‍टता रच्दछन् र दुष्‍ट सल्‍लाह दिन्छन्। तिनीहरू भन्छन्, ‘के हाम्रा घरहरू हालसालै पुनर्निर्माण भएका होइनन् र? यो सहर एउटा कराहीजस्तै हो, र हामीचाहिँ यसमा राखिएको मासु हौँ।’ यसकारण तिनीहरूको विरुद्धमा अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गर्।” तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु। तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ। “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु। तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु। तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ। यो सहर तिमीहरूका निम्ति कराही बन्‍नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्‍नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु। अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।” जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?” याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’ “यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’ “यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु। “तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्। म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्‍नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु।

शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्

इजकिएल 11:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब आत्‍माले मलाई उठाएर परमप्रभुका भवनको पूर्वतिरको प्रवेशद्वारमा ल्‍याउनुभयो। त्‍यहाँ प्रवेशद्वारको मुखैमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्‍ये मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें। तब परमप्रभुले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, यी ती नै मानिसहरू हुन्, जसले यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्‍दछन्‌ र दुष्‍ट सल्‍लाह दिँदछन्‌। तिनीहरू भन्‍छन्, ‘घरहरू निर्माण गर्ने समय चाँड़ै आउँदैन र? यो सहर कराही हो, हामीहरूचाहिँ मासु हौं’। यसैकारण हे मानिसको छोरो, तिनीहरूका विरुद्धमा अगमवाणी भन्, अगमवाणी भन्‌!” तब परमप्रभुका आत्‍मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका घराना, तिमीहरू त त्‍यस्‍तै छौ भनी भन्‍दैछौ, तर तिमीहरूका मनमा आउने विचारहरू म जान्‍दछु। तिमीहरूले यस सहरमा धेरै मानिसहरूलाई मारेका छौ, र यसका गल्‍लीहरू मारिएका मानिसहरूका लाशले भरिदिएका छौ। “यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूले मारेर त्‍यहाँ फ्‍याँकेका शरीरहरू मासु हुन्, र यो सहरचाहिँ कराही हो। तर तिमीहरूलाई यसका बीचबाट म बाहिर खेदिपठाउनेछु। तिमीहरू तरवारदेखि डराउँछौ, तर म तिमीहरूका विरुद्धमा तरवार ल्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। म सहरको बीचबाट तिमीहरूलाई खेदेर बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु र तिमीहरूलाई दण्‍ड दिनेछु। तिमीहरू तरवारले ढल्‍नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्‍याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ। यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्‍यसभित्र मासु हुनेछौ। म तिमीहरूको न्‍याय इस्राएलको सिमानामा गर्नेछु। अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँड़ेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ।” जब मैले अगमवाणी भनिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे, तब घोप्‍टो परेर मैले चर्को सोरमा कराएर भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?” त्‍यसपछि परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, तेरा दाजुभाइहरू— तेरा दाजुभाइहरू जो तेरा रगतका आफन्‍तहरू र इस्राएलका सारा घराना— यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए, ‘यिनीहरू परमप्रभुदेखि टाढ़ा भएका छन्‌। यो देश हामीलाई अधिकार गर्न दिइएको थियो’। “यसकारण यसो भन्, ‘परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: यद्यपि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा टाढ़ा पठाएँ र तिनीहरूलाई देश-देशमा तितरबितर पारें, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको शरणस्‍थान भएको छु’। “यसकारण भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जाति-जातिहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जहाँ-जहाँ तिमीहरू तितरबितर भएका छौ, ती देशहरूबाट म तिमीहरूलाई फर्काएर इस्राएलको देश दिनेछु’। “तिनीहरू त्‍यहाँ फर्किआउनेछन्‌ र तिनीहरूले त्‍यहाँबाट त्‍यसका सबै घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरू हटाउनेछन्‌। अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्‍मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। तब तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र मेरा नियमहरू पालन गर्न होशियार हुनेछन्, र तिनीहरू मेरा प्रजा हुनेछन्, अनि म तिनीहरूका परमेश्‍वर हुनेछु।

शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्

इजकिएल 11:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरको आत्‍माले मलाई उचाल्‍नुभयो र मन्‍दिरको पूर्वपट्टिको मूल-ढोकामा पुर्‍याउनुभयो। त्‍यहाँ मूल-ढोकाछेउ मैले पच्‍चीस जना मानिसहरूलाई देखें। तीमध्‍ये प्रजाका दुई अगुवाहरू अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याह पनि थिए। परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, यस सहरभित्र यी मानिसहरूले दुष्‍ट उपाय रच्‍छन् र खराब सल्‍लाह दिन्‍छन्। तिनीहरू यसो भन्‍छन्, ‘फेरि चाँडै हामी घरहरू बनाउन थाल्‍नेछौं। यो सहर एउटा पकाउने भाँडोझैँ छ र हामीचाहिँ त्‍यसमा पकाइने मासुझैँ छौं।’ यसकारण ए मरणशील मानिस, तिनीहरूका विरुद्धमा अगमवाणी गर्‌।” परमप्रभुको आत्‍मा ममा उत्रनुभयो र मानिसहरूलाई यो सन्‍देश दिन मलाई भन्‍नुभयो, “परमप्रभु भन्‍नुहुन्‍छ, हे इस्राएलका मानिसहरू हो, तिमीहरू के भन्‍दै छौ अनि के उपाय रच्‍दै छौ, सो म जान्‍दछु। तिमीहरूले यस सहरमा यति धेरै हत्‍या गरेका छौ कि गल्‍लीहरू लाशै-लाशले भरिएका छन्। “यसकारण म सार्वभौम परमप्रभु तिमीहरूलाई यसो भन्‍दछु, ‘यो सहर साँच्‍चै एउटा पकाउने भाँडो हो तर मासुचाहिँ के हो? तिमीहरूले मारेर फ्‍याँकेका लाशहरू नै मासु हो! तिमीहरू यहाँ रहनेछैनौ। म तिमीहरूलाई यस सहरबाट बाहिर खेदिदिनेछु! के तिमीहरू तरवारसित डराउँछौ? म तिमीहरूको विरुद्ध तरवार ल्‍याउनेछु। म तिमीहरूलाई सहरबाट लगेर विदेशीहरूका हातमा सुम्‍पिदिनेछु। मैले तिमीहरूलाई मृत्‍यु-दण्‍ड दिइसकेको छु। तिमीहरू इस्राएलको सिमानाभित्र लडाइँमा मारिनेछौ। तब म परमप्रभु हुँ भनी सबैले जान्‍नेछन्। भाँडाले त्‍यसभित्रको मासुलाई जोगाएझैँ यस सहरले त तिमीहरूलाई जोगाउनेछैन। इस्राएलको सिमानाभित्र म तिमीहरूलाई दण्‍ड दिनेछु। तिमीहरूले जान्‍नेछौ कि म नै परमप्रभु हुँ किनभने तिमीहरूले मेरा नियमहरू र आज्ञाहरू पालन गरेका छैनौ तर आफ्‍नो छिमेकी राष्‍ट्रहरूका नियम-विधिहरू पालन गरेका छौ।” मैले यो अगमवाणी गर्दैगर्दा बनायाहका छोरा पलत्‍याह मरे। म भूइँमा घोप्‍टो परें र चिच्‍च्‍याएर भनें, “सार्वभौम परमप्रभु के साँच्‍चै तपाईंले इस्राएलमा बाँकी रहेकाहरू सबैलाई मार्नुहुन्‍छ?” परमप्रभु मसित यसरी बोल्‍नुभयो, “ए मरणशील मानिस”, “यरूशलेमका बासिन्‍दाहरूले देश निकाला भएकाहरू अर्थात् तँ र तेरा इस्राएली बन्‍धुहरूबारे कुरा गर्दै छन्। तिनीहरू भन्‍छन्, ‘यी देशनिकाला भएकाहरू परमप्रभुदेखि टाढा छन् र उहाँले यस देशको अधिकार हामीलाई दिनुभएको छ।’ “अब तेरा इस्राएली बन्‍धुहरूलाई म के भन्‍दै छु, त्‍यो सुन्। तिनीहरूलाई टाढा देशहरूमा छरपष्‍ट पारेर अरू जातिहरूका माझमा बसोबास गर्न पठाउने म नै हुँ। तापनि केही समयको लागि तिनीहरू बसोबास गरेका देशहरूमा म तिनीहरूको साथमा हुनेछु। “यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु जे भन्‍दै छु त्यो सुना। मैले तिनीहरूलाई छरपष्‍ट पारिराखेका देशहरूबाट फेरि एकसाथ जम्‍मा गर्नेछु र तिनीहरूका हातमा यस इस्राएल देश फर्काइदिनेछु। जब तिनीहरू फर्की आउनेछन्, तब तिनीहरूले यहाँ भेट्टाउने सबै अशुद्ध र घिनलाग्‍दा मूर्तिहरू हटाउनेछन्। म तिनीहरूलाई एउटै हृदय र नयाँ आत्‍मा दिनेछु। म तिनीहरूका ढुङ्गाको कठोर हृदय हटाउनेछु र आज्ञाकारी हृदय दिनेछु। त्‍यसपछि तिनीहरूले मेरा नियमविधिहरू मान्‍नेछन् र होशियारीसाथ मेरा आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु।