YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 34:29-33

प्रस्‍थान 34:29-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्‍ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्‍वर तिनीसित कुरा गर्नुभएकोले आफ्‍नो अनुहार चम्‍कँदैछ भन्‍ने कुरो मोशालाई थाहा थिएन। जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे, तब तिनको अनुहार चम्‍केको तिनीहरूले देखे, र तिनको नजिक आउन तिनीहरू डराए। तर मोशाले तिनीहरूलाई बोलाए, र समुदायका सारा नाइकेहरूसमेत हारून तिनीकहाँ फर्केर आए, अनि मोशाले तिनीहरूसित कुरा गरे। त्‍यसपछि सारा इस्राएलीहरू पनि नजिक आए, अनि जे परमप्रभुले तिनलाई सीनै पर्वतमा भन्‍नुभएको थियो, ती सबै तिनले तिनीहरूलाई आज्ञाको रूपमा सुनाए। जब मोशाले तिनीहरूसित कुरा गरिसके, तब तिनले आफ्‍नो अनुहारमा एउटा घुम्‍टो हाले।

शेयर गर्नुहोस्
प्रस्‍थान 34 पढ्नुहोस्

प्रस्‍थान 34:29-33 पवित्र बाइबल (NERV)

त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए। जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके।

शेयर गर्नुहोस्
प्रस्‍थान 34 पढ्नुहोस्

प्रस्‍थान 34:29-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती दश आज्ञाहरू बोकेर जब मोशा सीनै पर्वतबाट ओर्लिआए, तिनको चेहरा चम्‍किरहेको थियो किनभने तिनले परमप्रभुसित कुरा गरेका थिए तर उनलाई त्‍यो थाहा थिएन। हारून र सबै मानिसहरूले मोशालाई हेरे र तिनको चेहरा चम्‍किरहेको देखे। तिनीहरू मोशाको छेउमा जान डराए। तर मोशाले तिनीहरूलाई बोलाए र हारून र इस्राएलका सबै अगुवाहरू तिनकहाँ आए। मोशाले तिनीहरूसित कुरा गरे। त्‍यसपछि इस्राएलका सबै मानिसहरू तिनको चारैपट्टि भेला भए। तिनीहरूलाई मोशाले सीनै पर्वतमा परमप्रभुले दिनुभएका सबै धार्मिक नियमहरू सुनाए। मोशाले तिनीहरूसित बोलिसकेपछि एउटा घुम्‍टोले आफ्‍नो चेहरा ढाके।

शेयर गर्नुहोस्
प्रस्‍थान 34 पढ्नुहोस्