YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 31:12-15

प्रस्‍थान 31:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो पनि भन्‍नू: तिमीहरूले निश्‍चय मेरा शबाथहरू मान्‍नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्‍ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।” “‘तिमीहरूले शबाथ मान्‍नू, किनभने तिमीहरूका निम्‍ति त्‍यो पवित्र हो। त्‍यो अपवित्र गर्ने निश्‍चय नै मारिओस्‌। जस-जसले त्‍यस दिन केही कामकाज गर्ला त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत हुनेछ। छ दिनसम्‍म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्‍ति पवित्र हो। जस-जसले शबाथमा केही कामकाज गर्ला त्‍यो मारिनैपर्छ।

शेयर गर्नुहोस्
प्रस्‍थान 31 पढ्नुहोस्

प्रस्‍थान 31:12-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्‍नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु। “ ‘शब्बाथ मान्‍नू; किनकि यो दिन तिमीहरूका लागि पवित्र छ। जसले यसलाई अपवित्र पार्छ, त्यो मारिनुपर्छ; जसले यस दिनमा काम गर्छ, त्यसलाई मानिसहरूबाट बहिष्कार गरिनुपर्छ। छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ विश्रामदिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ विश्रामदिनमा काम गर्छ, त्यो मारिनुपर्छ।

शेयर गर्नुहोस्
प्रस्‍थान 31 पढ्नुहोस्

प्रस्‍थान 31:12-15 पवित्र बाइबल (NERV)

तब परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ। “‘विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्याउनु पर्छ। काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।

शेयर गर्नुहोस्
प्रस्‍थान 31 पढ्नुहोस्

प्रस्‍थान 31:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशालाई यसरी इस्राएलीहरूलाई भन्‍न आज्ञा गर्नुभयो, “मैले विश्राम लिएको दिन विश्राम दिन मान्‍नू किनभने त्‍यो सदाकालको निम्‍ति भविष्‍यमा तिमीहरू र मेरा बीचमा एउटा चिन्‍ह हुनेछ र त्‍यस कुराले म परमप्रभुले तिमीहरूलाई मेरा निजी प्रजा बनाएको छु भनी देखाउनेछ। तिमीहरूले विश्रामको दिन मान्‍नुपर्छ किनभने त्‍यो पवित्र दिन हो। जसले त्‍यो मान्‍दैन र त्‍यो दिन काम गर्छ, त्‍यो मारिनेछ। आफ्‍नो काम गर्न तिमीहरू छ दिन पाउँछौ र सातौँ दिन मलाई अर्पण गरिएको पवित्र विश्राम दिन हो। जसले त्‍यो दिन कुनै काम गर्छ, त्‍यो मारिनेछ।

शेयर गर्नुहोस्
प्रस्‍थान 31 पढ्नुहोस्