प्रस्थान 30:34-35
प्रस्थान 30:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्।
शेयर गर्नुहोस्
प्रस्थान 30 पढ्नुहोस्प्रस्थान 30:34-35 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ। सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ।
शेयर गर्नुहोस्
प्रस्थान 30 पढ्नुहोस्प्रस्थान 30:34-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “यी सुगन्धित मसलाहरू बराबर मात्रामा लिनू: खोटो, सेखलेट, हिँङजस्तै चोप र शुद्ध सुगन्धित धूप। तिनीहरूलाई सुगन्धित तेलजस्तो गरी मिसाएर धूप बनाउनू। त्यसलाई चोखो र पवित्र राख्न नुन थप्नू।
शेयर गर्नुहोस्
प्रस्थान 30 पढ्नुहोस्