प्रस्थान 3:2-4
प्रस्थान 3:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो। मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदोरहेनछ?” जब हेर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।”
प्रस्थान 3:2-4 पवित्र बाइबल (NERV)
पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?” जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!” मोशाले उत्तर दिए, “म यहाँ छु।”
प्रस्थान 3:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँ परमप्रभुका दूत एउटा पोथ्राको बीचमा जलिरहेको ज्वालाको रूपमा उनको अघि प्रकट भए। मोशाले देखे कि पोथ्रा जलिरहेको थियो; तर भस्म भएको थिएन। “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्म हुँदैन? म छेउमै गएर हेर्नुपर्यो,” उनले मनमा भने। मोशालाई नजिक आएको देखेर पोथ्राको बीचबाट परमप्रभुले उनलाई बोलाउनुभयो, “मोशा! ए मोशा!!” मोशाले उत्तर दिए, “हजुर, म यहाँ छु।”