प्रस्थान 3:16-17
प्रस्थान 3:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर मकहाँ प्रकट भएर भन्नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु। मैले तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्ने देशमा लैजाने निश्चय गरेको छु’।”
प्रस्थान 3:16-17 पवित्र बाइबल (NERV)
परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ। उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’
प्रस्थान 3:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गएर इस्राएलका नाइकेहरूलाई एक साथ भेला गरेर तिनीहरूलाई भन् कि म परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिएको हुँ। तिनीहरूलाई भन्, म तिनीहरूका माझमा आएको छु र मिश्रीहरूले तिनीहरूलाई के गर्दै छन् ती सबै मैले देखेको छु। मैले यो पक्का गरिसकेको छु कि म तिनीहरूलाई सताइएको मिश्रदेशदेखि तिनीहरूलाई निकाली लैजानेछु र एउटा धनी र मलिलो भूमि भएको देशमा पुर्याउनेछु। त्यस देश कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो।