YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 25:1-9

प्रस्‍थान 25:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशालाई भन्‍नुभयो, इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्‍ति भेटी ल्‍याऊन्‌। हरेकले आफ्‍नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्‍ति ग्रहण गर्‌। तिनीहरूबाट लिने भेटीचाहिँ यी नै हुन्‍छन्‌: सुन, चाँदी, काँसो, नीलो, बैजनी, रातो धागो र मलमलको कपड़ा, बाख्राका भुत्‍ला, रातो रङ्गले रङ्गाएका भेड़ाका छालाहरू, सीलका छालाहरू, बबुलका काठ, बत्तीको निम्‍ति भद्राक्षको तेल, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला, एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू किसिमका रत्‍नहरू। म तिनीहरूका मध्‍यमा बस्‍नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्‍थान बनाऊन्‌। मैले तँलाई देखाउने नमूनाबमोजिम पवित्र वासस्‍थान र त्‍यसका सबै सामानहरू तैंले बनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 25 पढ्नुहोस्

प्रस्‍थान 25:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू। “तिनीहरूबाट तैँले प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: “सुन, चाँदी र काँसो; निलो र बैजनी, रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला; भेडाका रातो रङ्गले रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ; बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू; अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू। “तब तिनीहरूले मेरा लागि एउटा समागम पाल बनाऊन्, र म तिनीहरूको माझमा बास गर्नेछु। मैले तँलाई जस्तो नमुना देखाउनेछु, ठिक त्यहीअनुसार समागम पाल र त्यसका सबै सामानहरू बनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 25 पढ्नुहोस्

प्रस्‍थान 25:1-9 पवित्र बाइबल (NERV)

परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर। ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा, निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला। रातो रंगले रंगाएको भेंडाको छाला अनि नरम चर्म, बबुलको काठ। बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला। अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।” परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन् अनि म तिनीहरूमाझ बस्न सक्छु। त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

शेयर गर्नुहोस्
प्रस्‍थान 25 पढ्नुहोस्

प्रस्‍थान 25:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन् कि तिनीहरूले मलाई भेटी चढाऊन्। जसले जे दिन्‍छ, सो ग्रहण गर्‌। यी भेटीहरू सुन, चाँदी, काँसा, मिहिन सुती कपडा, नीला, बैगुने र राता ऊन, बाख्राका भुत्‍लाले बनेका कपडा, रङ्गाएर रातो बनाएको भेडाका छाला, नरम र राम्रा छाला, बबुलका काठ, बत्तीको निम्‍ति तेल, अभिषेक गर्ने तेल र मीठो बास्‍ना भएको धूपको लागि मसलाहरू, मुख्‍य पूजाहारीको एपोद र छाती-पातामा लगाउने आनिक्‍स र अरू दामी रत्‍नहरू हुनुपर्छ। म मानिसहरूका माझमा बास गर्न तिनीहरूले एउटा पवित्र पाल बनाउनुपर्छ। मैले तँलाई देखाएको नमुनाअनुसार तैँले पवित्र पाल, डेरा र त्‍यसका सबै सजावटका सामानहरू बनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 25 पढ्नुहोस्