प्रस्थान 22:25-27
प्रस्थान 22:25-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकारजस्तै नहोओ। त्यससित ब्याज पनि नलेओ। तिमीहरूका छिमेकीको खास्टो बन्धकमा लिएका छौ भने, सूर्यास्त हुन अघि नै त्यो त्यसलाई फर्काइदेओ, किनकि त्यो त्यसको एउटै मात्र ओढ्ने हो। त्यसबाहेक त्यो केमा सुत्छ? त्यसले मेरो पुकारा गर्यो भने म त्यसको पुकारा सुन्नेछु, किनकि म कृपालु छु।
प्रस्थान 22:25-27 पवित्र बाइबल (NERV)
“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन। कुनै मानिसले ऋण लिँदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्न सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।
प्रस्थान 22:25-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मेरा प्रजाको कुनै गरीब मानिसलाई तिमीहरूले पैसा ऋण दियौ भने साहूजस्तो नगर र त्यसबाट ब्याज नलेओ। कसैको खास्टो धितो राखेका छौ भने घाम डुब्नुभन्दा अघि त्यो त्यसलाई फर्काइदिनू किनभने त्यो मात्र त्यसको जाडो ढाक्ने वस्त्र हो। त्यसले अरू के ओढेर सुत्न सक्छ? जब त्यसले मलाई सहायताको निम्ति पुकार्छ, म त्यसलाई उत्तर दिनेछु किनभने म कृपालु छु।