प्रस्थान 20:8-10
प्रस्थान 20:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू। छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
प्रस्थान 20:8-10 पवित्र बाइबल (NERV)
“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। हप्तामा छ दिन आफ्नो काम गर। तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।
प्रस्थान 20:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“विश्रामको दिन मान्ने गर र त्यस दिनलाई पवित्र राख। तिमीहरू आफ्ना काम छ दिनसम्म गर, तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन।