प्रस्थान 19:5-6
प्रस्थान 19:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि तिमीहरू मेरो निम्ति पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्नुपर्ने कुरा यी नै हुन्।”
प्रस्थान 19:5-6 पवित्र बाइबल (NERV)
यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
प्रस्थान 19:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालन गर्यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ, मेरो निम्ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।”