प्रस्थान 19:21-25
प्रस्थान 19:21-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नष्ट होलान्। परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्लेर आउन सक्दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।” अनि परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्कालै नाश गर्नुहुनेछ।” यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।
प्रस्थान 19:21-25 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्। पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।” मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भन्नु भयो।” परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।” यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।
प्रस्थान 19:21-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र परमप्रभुले उनलाई भन्नुभयो, “तल गएर मानिसहरूलाई भन् कि तिनीहरू सिमाना नाघेर नआऊन् र मलाई नहेरून्। त्यसो गरे, तिनीहरू धेरैजना मर्नेछन्। मेरो छेउमा आउने पूजाहारीहरूले पनि आफैंलाई चोख्याउनुपर्छ नत्र म तिनीहरूलाई दण्ड दिनेछु।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू उँभो आउन सक्नेछैनन् किनभने तपाईंले यस पर्वतलाई पवित्र ठान्नू अनि यसलाई सिमानाले घेर्नू भनी हामीलाई आज्ञा गर्नुभएको थियो।” परमप्रभुले उत्तर दिनुभयो, “तल जा र हारूनलाई लिएर आइज। तर पूजाहारी र मानिसहरू भने सिमाना नाघेर मकहाँ नआऊन्, नत्र म तिनीहरूलाई दण्ड दिनेछु।” तब मोशा तल मानिसहरूकहाँ गए र परमप्रभुले भनेका कुरा तिनीहरूलाई सुनाए।