प्रस्थान 19:17-18
प्रस्थान 19:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले मानिसहरूलाई परमेश्वरसित भेट्न छाउनीबाहिर निकालेर ल्याए; अनि तिनीहरू पर्वतको फेदमा उभिए। सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो
प्रस्थान 19:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले तिनीहरूलाई परमेश्वरसित भेट्न डेराबाट बाहिर लगे र तिनीहरू पर्वतको फेदमा उभिए। सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्न लागेका थिए।
प्रस्थान 19:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए। परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो
प्रस्थान 19:17-18 पवित्र बाइबल (NERV)
तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो।