प्रस्थान 19:11-12
प्रस्थान 19:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र तेस्रो दिनको निम्ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्ने परमप्रभु आउनुहुनेछ। तैंले चाहिँ मानिसहरूका निम्ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ।
प्रस्थान 19:11-13 पवित्र बाइबल (NERV)
अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्। तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बस्नु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरून्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुन्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।”
प्रस्थान 19:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पर्सि तिनीहरू तयार हुनुपर्नेछ। त्यस दिन म सीनै पर्वतमा उत्रनेछु। सबैले त्यहाँ मलाई देख्न सक्नेछन्। पर्वतको चारैपट्टि मानिसहरूले ननागून् भनी एउटा सिमाना लाइदिनू। मानिसहरूलाई पर्वतमाथि नचढ्नू, त्यसको छेउमा पनि नजानू भनी आदेश दिनू। कसैले पर्वतमाथि पाइलो टेक्यो भने त्यो मारिनेछ