प्रस्थान 16:3-4
प्रस्थान 16:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्तो पूरा खान पाउँथ्यौं। तर तपाईंहरूले हामीलाई त्यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्याउनुभयो र खान नदिई मार्न आँट्नुभयो।” परमप्रभुले मोशालाई भन्नुभयो, “अब म तिमीहरू सबैको लागि आकाशबाट खानेकुरा वर्षाउनेछु। मानिसहरूले दिनहुँ गएर त्यस दिनको लागि पुग्दो खाना बटुल्नुपर्नेछ। यसरी तिनीहरूले मैले भनेका कुरा मान्नेछन् कि छैनन् सो म जाँच्नेछु।
प्रस्थान 16:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून्। यसरी तिनीहरू मेरा आदेशमा हिँड्छन् कि हिँड्दैनन् सो म जाँच गर्न सकूँला।
प्रस्थान 16:3-4 पवित्र बाइबल (NERV)
मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।