प्रस्थान 14:3-4
प्रस्थान 14:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारोले इस्राएलीहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू त अलमल्ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्थानले तिनीहरूलाई थुनिदिएछ’। अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।” तब इस्राएलीहरूले त्यसै गरे।
प्रस्थान 14:3-4 पवित्र बाइबल (NERV)
फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”
प्रस्थान 14:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मिश्रका राजाले इस्राएलीहरू यही देशमा डुलिरहेका छन् र मरुभूमिले तिनीहरूको बाटो थुनिदिएको छ भनी ठान्नेछ। म त्यसको मन कठोर गराउनेछु र त्यसले तिमीहरूलाई खेद्नेछ; तर त्यो र त्यसको सेनामाथि विजय गर्नेछु र मेरो महिमा हुनेछ। तब मिश्रीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।” इस्राएलीहरूले त्यसै गरे।