प्रस्थान 14:21-22
प्रस्थान 14:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो।
प्रस्थान 14:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो, अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो।
प्रस्थान 14:21-22 पवित्र बाइबल (NERV)
मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो। इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।
प्रस्थान 14:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले आफ्नो हात समुद्रमाथि पसारे। पूर्वबाट जोडसाथ बतास चलाएर परमप्रभुले समुद्रलाई सुकाइदिनुभयो। बतास रातभरि चल्यो र समुद्र ओबानो जमिन भयो। पानी दुई भाग भयो। इस्राएलीहरू समुद्र बीचबाट ओबानो भूमिमा हिँडेर गए अनि दुवैपट्टि पानीका पर्खाल लागेका थिए।