प्रस्थान 14:15-31
प्रस्थान 14:15-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ किन मेरो पुकारा गर्छस्? इस्राएलीहरूलाई अगि बढ्ने आज्ञा दे। तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्। म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्नेछन्। अनि फारो र त्यसका सारा सेना, त्यसका रथहरू र त्यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ। जब फारो, त्यसका रथहरू र त्यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्ने कुरा थाहा पाउनेछन्।” तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्ने परमेश्वरका दूत हटेर तिनीहरूका पछिल्तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्तिर खड़ा भयो। त्यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्यारो पार्यो र अर्कोतिर उज्यालो पार्यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्। तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो। मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे। अनि रातको पछिल्लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्ल गराइदिनुभयो। उहाँले उनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्दैहुनुहुन्छ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्यो पानी फेरि बढ़ेर आओस्।” मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र बिहान उज्यालो हुँदा समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो। मिश्रीहरू त्यसको विपरीत दिशातिर भाग्न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो। पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात् इस्राएलका पछिपछि आएका फारोका जम्मै सेनालाई छोप्यो; र उनीहरूमध्ये एउटै पनि बाँचेन। तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो। त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे। परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्वास गरे।

प्रस्थान 14:15-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले मोशालाई भन्नुभयो, “तिमीहरू किन मेरो पुकार गर्छौ? इस्राएलीहरूलाई अगि बढ्नू भन्। तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्। म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु। जब फारो, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा मेरो महिमा हुनेछ, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।” त्यसपछि इस्राएली सेनाको अगि-अगि यात्रा गरिरहेका परमेश्वरका स्वर्गदूत पछि सरेर तिनीहरूका पछिल्तिर गए। बादलको खामो पनि अगिल्तिरबाट सरेर तिनीहरूका पछिल्तिर उभियो; अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन। तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो, अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो। ती इजिप्टियनहरूले तिनीहरूलाई खेदे, र फारोका सबै घोडाहरू, रथहरू र घोडसवारहरूले तिनीहरूलाई समुद्रमा पछ्याए। मिरमिरे बिहानी याहवेहले आगो र बादलको खामोबाट इजिप्टका सेनालाई तल हेर्नुभयो र तिनीहरूलाई अलमल पारिदिनुभयो। उहाँले तिनीहरूका रथहरूका चक्काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।” तब याहवेहले मोशालाई भन्नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।” मोशाले आफ्ना हात समुद्रमाथि पसारे, र बिहान समुद्र फेरि आफ्नो ठाउँमा सर्यो। इजिप्टियनहरू यसको विपरीत भाग्दैथिए; अनि याहवेहले तिनीहरूलाई सोहोरेर समुद्रमा हालिदिनुभयो। पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्। तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए। त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे। जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।
प्रस्थान 14:15-31 पवित्र बाइबल (NERV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्। मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु। तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।” तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो। यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्। मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो। इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो। फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे। एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो। रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।” तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।” यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो। त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्। समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए। यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे। इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।
प्रस्थान 14:15-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “मद्दतको निम्ति तिमीहरू किन मलाई पुकार्छौ? मानिसहरूलाई अघि बढ्नू भन्। तेरो लौरो उचालेर समुद्रमाथि पसार्। पानी दुई भाग भई छुट्टिनेछ र इस्राएलीहरू सुक्खा भूमिमाथि समुद्रको बीच भएर जान सक्नेछन्। म मिश्रीहरूका मन यति कठोर पार्नेछु कि तिनीहरू पनि पछिपछि लाग्नेछन् र म फेरि राजा र त्यसका सेना, रथ र सारथीहरूमाथि विजय गरेर आफ्नो महिमा बढाउनेछु। जब मिश्रीहरूको हार हुनेछ, तब तिनीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।” इस्राएली सेनाको अघि-अघि जाने परमेश्वरको दूत हटेर पछिल्लोपट्टि गए। बादलको खम्बा पनि सरेर मिश्री र इस्राएलीहरूका बीचमा खडा भयो। बादलले मिश्रीहरूपट्टि अँध्यारो पारिदियो तर इस्राएलीहरूपट्टि उज्यालो रह्यो। यसरी तिनीहरू रातभरि नै एक अर्काको नजिक आउन सकेनन्। मोशाले आफ्नो हात समुद्रमाथि पसारे। पूर्वबाट जोडसाथ बतास चलाएर परमप्रभुले समुद्रलाई सुकाइदिनुभयो। बतास रातभरि चल्यो र समुद्र ओबानो जमिन भयो। पानी दुई भाग भयो। इस्राएलीहरू समुद्र बीचबाट ओबानो भूमिमा हिँडेर गए अनि दुवैपट्टि पानीका पर्खाल लागेका थिए। मिश्रीहरू तिनीहरूका पछिपछि गए र समुद्रमा पसे। घोडा, रथ र सारथीहरूसमेत तिनीहरू समुद्रमा गए। बिहान हुनुअघि आगो र बादलका खम्बाबाट परमप्रभुले मिश्री सेनालाई हेर्नुभयो र तिनीहरू डरले अत्यन्तै भयभीत भए। उहाँले हिलोमा रथका चक्काहरू भसाइदिनुभयो र ती अड्किए। बढी कठिनले रथ चल्न थाले र मिश्रीहरूले भन्न लागे, “इस्राएलीहरूको निम्ति हाम्रा विरुद्धमा परमप्रभु लड्दै हुनुहुन्छ। हामी यहाँबाट निस्कौं!” परमप्रभुले मोशालाई भन्नुभयो, “समुद्रमाथि आफ्नो हात पसार् र मिश्रीहरू र तिनका रथ र सारथीहरूमाथि पानी उर्ली आउनेछ।” मोशाले समुद्रमाथि आफ्नो हात पसारे र बिहान हुँदा पानी आफ्नो सधैँको ठाउँमा फर्की आयो। मिश्रीहरू पानीबाट भाग्न खोजे तर परमप्रभुले तिनीहरूलाई पानीमै फाल्नुभयो। पानी फर्केर आयो, रथ, सारथी र इस्राएलीहरूलाई खेद्दै समुद्रमा पसेका सारा मिश्री सेनालाई डुबायो एक जना पनि बाँचेन। तर इस्राएलीहरू समुद्रमा दुवैपट्टि पानीका पर्खालका बीचबाट ओबानो भूमिमा हिँडेर गए। त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूदेखि बचाउनुभयो। मिश्रीहरू लाल समुद्रका किनारभरि लडिरहेका इस्राएलीहरूले देखे। परमप्रभुले आफ्नो महान् शक्तिले मिश्रीहरूको हार गराउनुभएको देखेर इस्राएलीहरूले परमप्रभुको डर माने। तिनीहरूले परमप्रभु र उहाँको दास मोशामाथि विश्वास गरे।