प्रस्थान 10:1-2
प्रस्थान 10:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊँ भनेर नै मैले त्यो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्ता-कस्ता चिन्हहरू देखाएँ सो तैंले आफ्ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्।”
प्रस्थान 10:1-2 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”
प्रस्थान 10:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “गएर राजालाई भेट्। मैले राजा र उसका भारदारहरूको मन कठोर बनाएको छु। तिनीहरूका बीचमा मैले यी आश्चर्यका कामहरू गरें र ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्यो कुरा तिमीहरूले आफ्ना छोरानातिहरूलाई भन्न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्नेछौ।”