एस्तर 4:13-16
एस्तर 4:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उनले एस्तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्ये तिमी मात्रै बाँच्नेछौ। यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?” तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ पठाइन्: “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। तीन दिन र तीन रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्तै उपवास बस्नेछौं। त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्।”
एस्तर 4:12-16 पवित्र बाइबल (NERV)
जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए। तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए, “तिमी स्वयंले यो राजाको दरवारमा बस्छु भनेर नसोच, सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ भनेर नसोच। तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कहीं न कहीं बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?” तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवास बस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौं। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”
एस्तर 4:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोर्दकैले तिनलाई यस्तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ। यस्तो समयमा तिमी चुप लागेर बस्यौ भने स्वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्तान मेटिनेछ। कसले जान्दछ र, यस्तै समयको निम्ति तिमी रानी हुन पुगेकी हौ कि?” एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्, “गएर शूशनमा भएका सबै यहूदीहरूलाई भेला गर्नुहोस्। उपवास बसी मेरो निम्ति प्रार्थना गर्नुहोस्। तीन दिन र तीन रात केही नखानुहोस् र केही नपिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि त्यस्तै गर्नेछौं। त्यसपछि नियमविरुद्ध भए पनि म राजाकहाँ जानेछु। त्यसो गर्दा म मर्न परे, मर्न तयार छु।”