एस्तर 3:5-6
एस्तर 3:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्डवत् नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए। हामानले मोर्दकैका जात-भाइ को रहेछन् भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्न मन गरेनन्, र अहासूरसको समस्त राज्यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न लागे।
एस्तर 3:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए। तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले।
एस्तर 3:5-6 पवित्र बाइबल (NERV)
अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए। जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए।
एस्तर 3:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोर्दकैले घुँडा टेकी आफूलाई दण्डवत् गर्नेछैन भनी थाहा पाएर हामान रिसले चुर भए। मोर्दकै यहूदी हो भनी जानेर तिनले मोर्दकैलाई मात्र दण्ड नदिएर अरू बढ्ता केही गर्न विचार गर्दै थिए। तिनले फारस राज्यमा भएका सारा यहूदीहरूलाई मार्ने उपाय खोजे।