YouVersion लोगो
खोज आइकन

एस्‍तर 3:5-13

एस्‍तर 3:5-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मोर्दकैले घुँडा टेकी आफूलाई दण्‍डवत् गर्नेछैन भनी थाहा पाएर हामान रिसले चुर भए। मोर्दकै यहूदी हो भनी जानेर तिनले मोर्दकैलाई मात्र दण्‍ड नदिएर अरू बढ्ता केही गर्न विचार गर्दै थिए। तिनले फारस राज्‍यमा भएका सारा यहूदीहरूलाई मार्ने उपाय खोजे। अहासूरसको राज्‍यकालको बाह्रौँ वर्षको नीसान भनिने पहिलो महिनामा हामानले आफ्‍नो षड्‌यन्त्र पूरा गर्ने ठीक दिन र महिना निकाल्‍नलाई चिठा हाल्‍न लगाए। (त्‍यस चिठालाई ‘पूरीम’ भन्‍दथे।) अदार भनिने बाह्रौँ महिनाको तेह्रौं दिन यो काम गर्ने निधो भयो। राजालाई हामानले भने, “हजुरका राज्‍यभरि एउटा विशेष जातिका मानिसहरू फैलिएर बसेका छन्। तिनीहरू हरेक प्रान्‍तमा पाइन्‍छन्। तिनीहरूले अरू जातिले भन्दा भिन्‍नै रीतिथितिहरू पालन गर्छन्, त्‍यसभन्दा बढी तिनीहरू राज्‍यका ऐन-कानुनसमेत पालन गर्दैनन्। तिनीहरूलाई रहन दिनु हजुरको हितमा हुनेछैन। हजुरको अनुमति भए, तिनीहरू मारिऊन् भनी एउटा आज्ञा जारी गरियोस्। त्‍यसो गरेमा म ३,४०,००० किलोग्रामभन्दा बढी चाँदी साम्राज्‍यको शासन-कार्यको निम्‍ति राजकीय भण्‍डारमा जम्‍मा गर्न सक्‍छु।” राजाले राज-घोषणामा छाप लाएर चलाउने गरेको औँठी औँलाबाट खोलेर यहूदी जातिका शत्रु अगागका वंशका हम्‍मदाताका छोरा हामानलाई दिए। राजाले तिनलाई भने, “यी मानिसहरू र तिनका धन-सम्‍पत्ति तिम्रा हुन्। जस्‍तो तिमी इच्‍छा गर्छौ, त्‍यसै गर।” यसकारण पहिलो महिनाको तेह्रौँ दिनमा हामानले राजाका सबै सरकारी लेखकहरूलाई बोलाएर एउटा उर्दी सुनाए। त्‍यसलाई राज्‍यमा चलिआएको हरेक भाषामा अनुवाद गरी त्‍यसकै लेख्‍ने तरिकाअनुसार लेखेर सबै शासक, बडा-हाकिम र भारदारहरूकहाँ पठाउने आदेश पनि दिए। अहासूरस राजाको नाममा उनकै औँठीको छाप लगाई त्‍यो उर्दी निकालियो। उर्दी-पत्र लिई हुलाकीहरू राज्‍यका हरेक प्रान्‍तमा गए। त्‍यसमा यही आदेश थियो, “अदार भनिने महिनाको तेह्रौँ दिनमा सबै यहूदीहरूलाई; युवा, बुढा, आइमाई र केटा-केटीहरू सबैलाई एकै दिनमा मार्नू। केही दया नदेखाई तिनीहरूलाई मार्नू र तिनीहरूका सम्‍पत्ति जफत गर्नू।

शेयर गर्नुहोस्
एस्‍तर 3 पढ्नुहोस्

एस्‍तर 3:5-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्‍डवत्‌ नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए। हामानले मोर्दकैका जात-भाइ को रहेछन्‌ भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्‍न मन गरेनन्, र अहासूरसको समस्‍त राज्‍यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्‍न लागे। अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात्‌ नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्‍नका निम्‍ति उनीहरूले चिट्ठा हाले। त्‍यस चिट्ठालाई “पूर” भन्‍थे। चिट्ठा बाह्रौँ महिना, अर्थात्‌ अदार महिनामा पर्‍यो। तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्‍यका समस्‍त प्रान्‍तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्‍गै बस्‍छन्‌। तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्‍दा बेग्‍लै छन्‌। तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन्‌। हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन। यदि महाराजाको इच्‍छा भए तिनीहरूका विनाशको निम्‍ति एउटा लिखित आज्ञा निकालिबक्‍सिओस्‌। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्‍मा गर्न तीन लाख किलो चाँदी दिनेछु।” तब राजाले आफ्‍नो छाप-औँठी आफ्‍नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्‍मदाताका छोरा हामानलाई दिए। उनले हामानलाई भने, “त्‍यो चाँदी आफूसँग राख। ती मानिसहरूप्रति तिमीलाई जे इच्‍छा लाग्‍छ त्‍यही गर।” तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्‍तका बड़ाहाकिमहरू, विभिन्‍न प्रान्‍तका राज्‍यपालहरू र विभिन्‍न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्‍तमा त्‍यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्‍नै भाषामा त्‍यो पठाइयो। राजा अहासूरसको नाउँमा त्‍यो निकालियो, र राजाकै छाप त्‍यसमा लगाइएको थियो। यसरी अदार भन्‍ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्‍त यहूदीहरूलाई, जवान, बूढ़ा, स्‍त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्‍पत्ति लुट्‌ने हुकुम राज्‍यका सारा प्रान्‍तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो।

शेयर गर्नुहोस्
एस्‍तर 3 पढ्नुहोस्

एस्‍तर 3:5-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्‍ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए। तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले। राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा तिनीहरूले एउटा दिन र महिना छान्‍न भनी हामानको उपस्थितिमा एउटा पूर (अर्थात् चिट्ठा) हाले। अनि चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्‍यो। तब हामानले राजा अहासूरसलाई भने, “तपाईंको राज्यका समस्त प्रान्तहरूमा धेरै जाति-जातिको बीचमा फैलिएर बसेको एउटा विशेष जाति छ; तिनीहरू आफैँलाई अरू जातिबाट अलग राख्छन्। तिनीहरूका रीतिहरू अरू जातिहरूका भन्दा फरक छन्; तर तिनीहरूले राजाका आज्ञापालन गर्दैनन्। यसकारण तिनीहरूलाई सहानुभूति देखाउनु राजाको हितमा छैन। यदि राजालाई असल लाग्यो भने तिनीहरूलाई नष्‍ट गर्ने एउटा आदेश जारी गरियोस्; अनि म यो काम गर्ने राजाका प्रशासकहरूका निम्ति राजकीय भण्डारमा दश हजार टालेन्ट चाँदी दिनेछु।” यसकारण राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट निकालेर अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानलाई दिए। राजाले हामानलाई भने, “त्यो रकम आफूसँग राख, र ती मानिसहरूसित तिमीलाई जे इच्छा लाग्छ, त्यही गर।” तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। हामानको आदेशमा तिनीहरूले विभिन्‍न प्रान्तहरूमा राजाका हाकिमहरू, अधिकृतहरू र विभिन्‍न जातिहरूका अधिकारीहरूलाई हरेक प्रान्तको लिपिअनुसार र हरेक जातिको भाषाअनुसार सबै आदेशहरू लेखियो। यो राजा अहासूरसकै नाममा लेखिएको थियो; अनि तिनको आफ्नै औँठीको छाप लगाइएको थियो। अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा राजाका सबै प्रान्तहरूमा सन्देशवाहकद्वारा उर्दी पत्रहरू पठाइयो। ती पत्रहरूमा एकै दिनमा सारा यहूदीहरू, जवान र वृद्ध, स्त्री र केटाकेटीहरूलाई नाश गर्नू, मार्नू र नामनिशानै मेटिदिनु; अनि तिनीहरूका धनसम्पत्तिहरू लुट्नू भन्‍ने हुकुम गरिएको थियो।

शेयर गर्नुहोस्
एस्‍तर 3 पढ्नुहोस्

एस्‍तर 3:5-13 पवित्र बाइबल (NERV)

अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए। जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए। राजा अहासूरसको शासनकालको बाह्रौ बर्षको पहिलो महिनामा हामान को क्षमता तिनीहरूले “पुर” अर्थात चिट्ठा गरे। यहूदीहरूको विनाशको निम्ति निश्चित दिन अनि महिना तोक्नका निम्ति चयन गरिएको बाह्रौ महीना, अदारको महिना थियो। अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो। “यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस् कि तिनीहरूलाई नष्ट गरियोस्। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।” यसर्थ राजाले आफ्नो हातबाट मुद्रीको राजमोहर औंठी निकाले अनि तिनले त्यो हामान, अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रुलाई दिए। अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसँग राख।” यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्येक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावालीमा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो। अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज्य प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्।