एस्तर 2:5-11
एस्तर 2:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीनको कुलका थिए, जुन कीशचाहिँ बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्ये एक थिए। मोर्दकैले आफ्ना काकाकी छोरी हदस्सा, अर्थात् एस्तरलाई धर्मपुत्री बनाएका थिए। एस्तरका माता-पिता थिएनन्। तिनी राम्री र सुन्दरी थिइन्। तिनका माता-पिताको मृत्युपछि मोर्दकैले तिनलाई आफ्नै छोरीजस्तै गरी पालेका थिए। जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्याइए, तब एस्तर पनि स्त्रीहरूका जिम्मावाल हेगेको जिम्मामा दिन राजमहलमा लगिइन्। तिनलाई देखेर त्यो नपुंसक खुशी भयो, र एस्तरले त्यसबाट विशेष निगाह पाइन्। त्यसले तिनलाई तुरुन्तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्यसले खटाइदियो। स्त्रीहरू बस्ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो। एस्तरले आफ्नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए। एस्तरलाई के कसो हुँदैछ सो जान्न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।
एस्तर 2:5-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए; उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए। मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्। त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो। एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए। एस्तरले आफ्नो जातीय पृष्ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्लाह दिएका थिए। एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे।
एस्तर 2:5-11 पवित्र बाइबल (NERV)
शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए। यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो। मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो। जब राजाको सन्देश अनि उर्दी सुनियो तब अनेक जवान स्त्रीहरूलाई राजधानी शूशनमा, हेगेकोमा भेला गरिँदै थियो, एस्तरलाई पनि राजमहलमा लगियो अनि अन्तपुरको रखवाला हेगेको निगरानिमा राखियो। अनि हेगेले त्यो केटी एस्तरलाई मन परायो अनि उसले उसको कृपा प्राप्त गरी। यसकारण उसले एस्तरलाई तत्कालै श्रृगांर सेवा तथा राजमहलबाट भोजन र सात जना नोकर्नीहरू व्यवस्था गर्यो तब उसको नोकर्नीहरू र उसलाई हेगेले सब भन्दा राम्रो नारी-गृहमा सार्यो। एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दकैले तिनलाई निषेध गरेका थिए। प्रत्येक दिन मोर्दकै अन्तपुरको आँगनको अगाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।
एस्तर 2:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शूशनमा एक जना मोर्दकै नाम गरेका यहूदी बस्थे। उनी बेन्यामीन कुलका याईरको छोरो र कीश र शिमीका वंशका थिए। बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीनलाई कैद गरी यरूशलेमबाट लैजाँदा त्यस हुलमा मोर्दकै पनि थिए। उनका काकाकी छोरी एस्तर तिनीसित थिइन्। एस्तरको हिब्रू नाम हदस्सा थियो। तिनी एउटी राम्रो जिउ-डाल भएकी सुन्दरी स्त्री थिइन्। तिनका आमा-बुबा मरेपछि मोर्दकैले तिनलाई धर्म-पुत्री बनाई आफ्नै छोरीजस्तै गरी हुर्काएका थिए। राजाले आफ्नो नयाँ उर्दी घोषणा गरेपछि धेरै केटीहरू शूशनमा ल्याइए। तीमध्ये एस्तर पनि थिइन्। तिनलाई पनि राजमहलमा हेगेको जिम्मामा राखे, जोचाहिँ राजाका स्त्रीहरू बस्ने भित्री महलको जिम्मेवार थिए। हेगेले एस्तरलाई मन पराए र तिनले उनीबाट कृपा पाइन्। उनले तुरुन्तै एस्तरलाई सिङ्गार-पटार गर्ने ओखती-मूलो, मालिश र विशेष खाना दिन सुरू गरिदिए। उनले तिनलाई स्त्रीहरू बस्ने भित्री महलमा सबैभन्दा राम्रो ठाउँ दिए र तिनको सेवा गर्न राजमहलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। मोर्दकैको सल्लाहमा एस्तरले म यहूदी हुँ भन्ने कुरा लुकाएकी थिइन्। तिनले कसो गर्दथिन् र तिनलाई के हुने हो भनी खोजी गर्न प्रतिदिन मोर्दकै भित्री महलको सामुन्नेको आँगनमा हिंड्नेगर्थे।