एस्तर 1:1-3
एस्तर 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्म जम्मा एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे। उनका राज्यकालको तेस्रो वर्षमा उनले आफ्ना सबै अधिकृतहरू र भारदारहरूलाई एउटा ठूलो भोज दिए। त्यहाँ फारस र मादी देशका सेना हाजिर थिए। प्रान्त-प्रान्तका बडा-हाकिम र ठूल्ठूला घरानाका मानिसहरू हाजिर थिए।
एस्तर 1:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्म एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे। त्यस बेला उनी आफ्नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे। उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्ठित नायकहरू, र प्रान्त-प्रान्तका मुख्य मानिसहरू उनको सामुन्ने उपस्थित भए।
एस्तर 1:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहासूरस जसले भारतदेखि कूशसम्म फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो: त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे। आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए।
एस्तर 1:1-3 पवित्र बाइबल (NERV)
अहासूरसको समयमा यो कुरा घट्यो यी अहासूरस थिए जसले भारतबर्षदेखी इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे। ती दिनहरूमा अहासूरस राजाले राजधानी शूशनबाट शासन गर्थे। आफ्नो शासनकालको तेस्रो बर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिहरूलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू