YouVersion लोगो
खोज आइकन

एफिसी 2:7-10

एफिसी 2:7-10 पवित्र बाइबल (NERV)

भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ। तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो। तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं। हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्

एफिसी 2:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यी सबै उहाँले सधैँभरिको निम्‍ति उहाँको असीम अनुग्रह देखाउन गर्नुभयो। यो अनुग्रह उहाँले हामीलाई ख्रीष्‍ट येशूमा देखाउनुभएको छ। परमेश्‍वरको अनुग्रहले नै तिमीहरू विश्‍वासद्वारा बचाइएका हौ। तिमीहरूले आफैं कोसिस गरेर बाँचेका होइनौ, यो परमेश्‍वरको वरदान हो। यो तिमीहरूको प्रयासले भएको होइन, यसकारण घमण्‍ड गर्ने प्रश्‍नै उठ्दैन। हामी उहाँका सृष्‍टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्‍ट येशूमा सृष्‍टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो।

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्

एफिसी 2:7-10

एफिसी 2:7-10 NNRVएफिसी 2:7-10 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्